Mountain Television
Sun, 22 Jul 2018

दार्चुलामा गुहँ उत्पादन ८ प्रतिशतले घट्यो

बाशुदेव वडू
दार्चुला, २ जेठ । दार्चुलामा यो बर्ष गहुँको उत्पादन घटेको छ । सिंचाइ सुविधा नभएको र समयमा पानी नपरेकाले गत बर्ष भन्दा यो बर्ष ८ प्रतिशतले गहुँको उत्पादन घटेको हो । गहुँको उत्पादन घटेपछि खाद्य संकट हुने भन्दै कृषक चिन्तित भएका छन् ।

समयमा पानी नपरेकाले यो बर्ष दार्चुलामा गुहँको उत्पादन घटेको हो । गत वर्षको भन्दा यो वर्ष ८ दशमलव २ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । दार्चुलामा ५ हजार ९ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिन्छ । यो बर्ष ७ हजार १ सय ५९ मेट्रिक टन गहुँ उत्पादन भएको छ । गत बर्ष ७ हजार ७ सय ९५ मेट्रिक टन उत्पादन भएको थियो । सिंचाईको सुविधा नभएकाले र आकाशे पानीको भर पर्नु परेकाले गुहँको उत्पानमा कमी आएको कृषकहरुको गुनासो छ ।

गहुँको उत्पादनमा कमी भएपछि खाद्य संकट हुने भन्दै कृषक चिन्तित भएका छन् । जिल्ला कृषि विकास कार्यालयले उत्पादन कमि भएकाले गहुँ आयत गर्नुपर्ने बताएको छ । सिंचाईको सुविधा नहुँदा उत्पादन कमी भएको भन्दै कृषकहरुले स्थानीय सरकारसँग सिंचाइको व्यवस्था गर्न माग गरेका छन् ।

By:

2 months ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!

Loading...