राजनीति
पहिलो चरणमा स्थानिय निर्बाचन गर्ने तयारीमा सरकार -परराष्ट्रमन्त्री महत
१२ माघ दाङ ।
परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतले १ बर्ष भित्र स्थानिय निकायको निर्बाचन गराउने गरि सरकार तयारीमा जुटि सकेको बताउनुभएको छ । नेपाल प्रेस यूनियन दाङ शाखाले आज बुधबार हेकुलीको चखौरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डाक्टर महतले संबिधान कार्यान्वयनका लागि ३ तहको निर्बाचन
राजनितिक गतिरोधको अन्त्य हुने संकेत-रक्षामन्त्री खाँड
१२ माघ,दाङ ।
रक्षामन्त्री बालकृष्ण खाँडले सवै दललाई मिलाएर वर्तमान राजनितिक गतिरोधको अन्त्य गरिने बताउनु भएको छ । रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज बुधबार तुलसीपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खाँडले सवैदललाई सहमतिमा ल्याएर संबिधान संसोधन तथा स्थानिय निकायको निर्वाचन गरिने
नेपालको सुरक्षा नीति कब्जा गर्दै भारतिय मार्सलः बिजुक्छें
१२ माघ,भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले भारतिय मार्सल सुरक्षा बिमान स्थलमा राखेर नेपालको सुरक्षा नीति कब्जाको रणनिति बनाएको बताउनु भएको छ
निर्वाचन सम्बन्धि दुई वटा विधेयक पारित
१२ माघ, काठमाडौं । निर्वाचन सम्बन्धी दुई वटा महत्वपूर्ण विधेयक व्यवस्थापिका संसदको बुधबारको बैठकले पारित गरेको छ । बैठकले निर्वाचन आयोग सम्बन्धी विधेयक र मतदाता नामावली सम्बन्धी विधेयक पारित गरेको हो । संसदले पारित गरेको विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुन कार्यान्वयनका लागि बाटो खुल्छ ।
प्रधानमन्त्रीद्वारा कांग्रेस सहित मधेसी मोर्चाको बैठक आह्वान, यसरी बन्दैछ सहमति
काठमाडौं,११ माघ। प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ कांग्रेस र मधेसी मोर्चासँग स्थानीय तहको निर्वाचनको मिति घोषणाबारे छलफल गर्दै हुनुहुन्छ ।
आज निर्वाचन सम्बन्धी दुई विधेयक संसदमा पेश हुँदै
काठमाडौं,११ माघ । निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारलाई नै रहने गरी निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि विधेयक राज्य व्यवस्था समितिले टुंग्याएको छ ।
माओवादीले सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने
काठमाडौं, ११ माघ। नेकपा माओवादी केन्द्रको संसदीय बोर्डको बैठककले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा डोरबहादुर उपाध्यायलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सरकारी वकिलले बेञ्च बहिष्कार गर्नु गलतःमन्त्री नायक
११,माघ भक्तपुर ।
कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिक प्रतिनिधित्वको विषयलाई लिएर सरकारी वकिलहरुले बेञ्च बहिष्कार गर्नु गलत भएको बताउनु भएको छ । रफत सञ्चार क्लबले वुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले सरकारी वकिलहरुले नै निहित स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन बिपरित रहेको बताउनुभयो । उहाँले सरकारी
निर्धारित समयमा चुनाव हुनेमा आशँका–कमल थापा
माघ ११, हेटौंडा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेसम्म निर्वाचनका लागि आवश्यक कानुनहरु बन्न नसक्दा निर्वाचनको बिषय अन्यौल बनेको बताउनुभएको छ । नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारणसभाको आज हेटौंडामा उद्घाटन गर्दै अध्यक्ष थापाले निर्वाचनको वातावरण बनाउन सबै दलहरु सहमत बन्नुपर्नेंमा जोड दिनुभयो ।
देउवाद्वारा निर्वाचनमा सहभागिताको आग्रह
११ माघ, नेपालगन्ज ।
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बैशाखभित्र स्थानीय तहको निर्वाचन हुने निश्चित भएको बताउदै निर्वाचनमा सहभागी भएर संविधान कार्यान्वयनमा साथ दिन सम्पूर्ण देशबासीमा आग्रह गर्नुभएको छ । नेपालगञ्जको गणेशमान चौकमा २०४६ सालको जनआन्दोलनका कमाण्डर
संविधान संसोधन नभई कुनै पनि तहको निवार्चन हुन सक्दैन्ः बावुराम भट्टराइ
शिखा श्रेष्ठ
११ माघ, धादिङ ।
संविधान संसोधन नभई कुनै पनि तहको निवार्चन हुन नसक्ने नयाँ शक्ति पाटीका संयोजक डाक्टर बावुराम भट्टराईले बताउनु भएको छ । धादिङमा आयोजीत राष्ट्रिय युवा अभियानको प्रथम जिल्ला अधिवेसनको उद्घाटन गर्दै उहाँले यस्तो कुरा वताउनु भएको
निर्वाचन सम्बन्धि कानुन पास गर्न नेता नेपालको जोड
१० माघ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधान संशोधन विधेयकलाई थाँती राखेर निर्वाचनसम्बन्धी कानुन पास गरिनुपर्ने बताउनुभएको छ ।
स्थानीय तह पुनःसंरचनासम्बन्धि आयोगको प्रतिवेदनमा आलोचना
१० माघ, काठमाडौं । सांसदहरुले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै आलोचना गरेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा सांसदहरुले आयोगको प्रतिवेदन समयानुकुल नभएको भन्दै आलोचना गरे ।
असन्तुष्टिले चेपुवामा निर्वाचन !
१० माघ, काठमाण्डौं । स्थानीय निकायको निर्वाचन गर्ने कि स्थानीय तहको भन्ने विषयमा प्रमुख राजनीतिक दलहरुबिच मतभेद रहँदै आएको थियो । तर, प्रमुख तीन राजनीतिक दलहरु स्थानीय तहको नै निर्वाचन गराउन सहमत भएका छन् । प्रमुख राजनीतिक दलहरु निर्वाचनको लागि सकारात्मक भए पनि मधेस केन्द्रित दलहरुले भने निर्वाचन अस्वीकार गर्ने चेतावनी दिएको छ ।
विना हतियार कसरी लड्ने ?: प्रमुख निर्वाचन आयुक्त
१० माघ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धि ऐन कानुन निर्माणमा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा निर्वाचन सम्बन्धि कानुन निर्माणमा ध्यानाकर्षण गराउनुभएको हो ।
विद्यार्थी संगठनहरुलाई स्ववियु निर्वाचनमा लाग्न पार्टी नेताहरुको आग्रह
१० माघ, काठमाण्डौं । राजधानिमा आइतवार आजको विद्यार्थी राजनिति र रुपान्तरणको चुनौतिहरु विषयक विचार गोष्ठी सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टि नेताहरुले विद्यार्थी संगठनहरुलाई तयारीमा लाग्न आग्रह गरेका छन ।




