निर्धारित समयमा चुनाव हुनेमा आशँका–कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्धारित समयमा चुनाव हुनेमा आशँका–कमल थापा

माघ ११, हेटौंडा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेसम्म निर्वाचनका लागि आवश्यक कानुनहरु बन्न नसक्दा निर्वाचनको बिषय अन्यौल बनेको बताउनुभएको छ । नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारणसभाको आज हेटौंडामा उद्घाटन गर्दै अध्यक्ष थापाले निर्वाचनको वातावरण बनाउन सबै दलहरु सहमत बन्नुपर्नेंमा जोड दिनुभयो ।

निर्धारित समयमा चुनाव हुनेमा आशँका–कमल थापा

माघ ११, हेटौंडा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेसम्म निर्वाचनका लागि आवश्यक कानुनहरु बन्न नसक्दा निर्वाचनको बिषय अन्यौल बनेको बताउनुभएको छ ।

 

नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारणसभाको आज हेटौंडामा उद्घाटन गर्दै अध्यक्ष थापाले निर्वाचनको वातावरण बनाउन सबै दलहरु सहमत बन्नुपर्नेंमा जोड दिनुभयो ।

 

दलहरु आ आफ्ना अडानमा बसिरहने हो भने राजनितिको गाँठो फुक्न नसक्ने भन्दै उहाँले चुनावका लागि दलिय सहमति जुटाउन सरकारलाई आग्रह गर्नुभयो । दलहरुबीच सहमति हुन नसकेका बिषय थाँती राखेरै भएपनि निर्वाचन प्रकृयामा अघि बढ्नुपर्ने राप्रपा अध्यक्ष थापाको भनाई छ । मूलुकमा राष्टियता कमाजोर भइरहेका बेला चलचित्रकर्मीहरुले राष्टिय भावना जागृत गराउने चलचित्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

संघका केन्द्रिय अध्यक्ष नसिम उद्धिनको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र निर्माता, बितरक तथा चलचित्र क्षेत्रमा आबद्ध करीब सयजनाको सहभागीता थियो । नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारणसभाले आगामी तिन बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);