संविधान संसोधन नभई कुनै पनि तहको निवार्चन हुन सक्दैन्ः बावुराम भट्टराइ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

संविधान संसोधन नभई कुनै पनि तहको निवार्चन हुन सक्दैन्ः बावुराम भट्टराइ

शिखा श्रेष्ठ
११ माघ, धादिङ ।
संविधान संसोधन नभई कुनै पनि तहको निवार्चन हुन नसक्ने नयाँ शक्ति पाटीका संयोजक डाक्टर बावुराम भट्टराईले बताउनु भएको छ । धादिङमा आयोजीत राष्ट्रिय युवा अभियानको प्रथम जिल्ला अधिवेसनको उद्घाटन गर्दै उहाँले यस्तो कुरा वताउनु भएको

संविधान संसोधन नभई कुनै पनि तहको निवार्चन हुन सक्दैन्ः बावुराम भट्टराइ

शिखा श्रेष्ठ
११ माघ, धादिङ ।
संविधान संसोधन नभई कुनै पनि तहको निवार्चन हुन नसक्ने नयाँ शक्ति पाटीका संयोजक डाक्टर बावुराम भट्टराईले बताउनु भएको छ । धादिङमा आयोजीत राष्ट्रिय युवा अभियानको प्रथम जिल्ला अधिवेसनको उद्घाटन गर्दै उहाँले यस्तो कुरा वताउनु भएको हो ।

आफ्नो पार्टी निर्वाचनको पक्षमा भएको बताउदै उहाँले संविधन बनेको दुई वर्ष पुग्न लाग्दा समेत कार्यान्वयन हुन नसकेको भन्दै सबै असन्तुष्ट राजनीतीक दलका पार्टीहरुलाई समेटेर संविधान तत्काल संसोधन गर्नु पर्ने उहाँको भनाई थियो । संविधान संसोधन पछी भने एकै वर्ष तिनै तहको निर्वाचन सम्भव रहेको दावी उहाँले गर्नु भयो ।

यसै गरी उहाँले सत्तामा रहेका राजनीतीक पाटीले देशलाई अगाडी बढाउनको साटो पुन पुरानो दिशातर्फनै फर्काउन लागेको आरोप समेत लगाउनु भयो । उहाँले देश विकासको मुख्य हिस्सा नै आर्थिक क्रान्ति भएको बताउदै नौ–नौ महिनामा परिवर्तन हुने सरकारले देशको आर्थिक समृद्धि गर्न नसक्ने र देशलाई झनै गरिव बनाउने समेत बताउनु भयो ।

देशलाई आर्थिक उन्नतीतर्फ लग्ने आफ्नो पार्टिको मुख्य एजेन्डा रहेको बताउदै अहिले सरकारमा बसेका तिन ठुला राजनीतीकदहरुले पालै पालो सरकार चलाएर कसरी राज्यको ढुकुटी सक्ने भन्ने तिर लागेको भन्ने आरोप समेत लगाउनु भयो ।

Leave a Reply