सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८३, बुधवार

सांसद यादवलाई क्वारेन्टाइनमा राख्न गृह मन्त्रालयको निर्देशन

pradip yadav

काठमाडौं, २७ चैत । गृह मन्त्रालयले प्रतिनिधिसभाका सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । बिहिबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिँदै सांसद यादवलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन भनेको हो ।

समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएपछि गृहले यस्तो निर्देशन दिएको हो ।

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर फर्किएपछि कानुनले तोकेबमोजिक क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिइएको जनाइएको छ । यादव पर्सा क्षेत्रनम्बर १ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद हुनुहुन्छ ।

ताजा समाचार