स्वास्थ्यमन्त्री ढकालको अभिव्यक्ति गैर जिम्मेवार : सांसद भुषाल | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

स्वास्थ्यमन्त्री ढकालको अभिव्यक्ति गैर जिम्मेवार : सांसद भुषाल

puspa bhusal-corona

काठमाडौं, २९ फागुन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ’नेपालमा कोरोना संक्रमण फैलिए सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन’ भनेर दिएको अभिव्यक्तिको संसद्मा आलोचना भएको छ ।

प्रतिनिधि सभाको बिहिवारको बिशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुषालले कोरोनाबारे मन्त्री ढकालले आफ्नो स्वास्थ्यको ख्याल आफैं गर्नुपर्ने र क्वारेन्टाइनमा एक्लै आफै बस्नुपर्ने भनेर दिएको अभिव्यक्ति गैर जिम्मेवार भएको बताउनुभयो ।

सांसद भुषालले अमेरिकाले बेलायत बाहेकका युरोपेली मुलुकसँग हवाइ उडान रद्द गरेको तथा भारतले पनि स्वदेश फर्किने आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्ने तयारी थालेको भन्दै नेपालले व्यवहारमा देखिने गरी कुनै तयारी नगरेको उल्लेख गर्नुभयो ।

केही दिन अघि स्वास्थ्य मन्त्री ढकालले कोरोना संक्रमणबारे युवासंघको ध्यानाकर्षण पत्र बुझ्दै सबैलाई क्वारेन्टाइनमा राख्न नसक्ने अभिब्यक्ति दिनुभएको थियो ।