काठमाडौँ, १० चैत । सरकारले भारत र चीन दुबै तर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । आज विहान १० बजेबाट लागू हुनेगरी सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो । यो समाचार आजको राजधानी दैनिक पत्रिकामा लेखेको छ ।