प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार : बोल्न, हिड्डुल गर्न र ठोस खाना खान सक्षम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रधानमन्त्रीकाे स्वास्थ्यमा सुधार : बोल्न, हिड्डुल गर्न र ठोस खाना खान सक्षम

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार भइरहेको छ । बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओलीलाई शुक्रबारबाट हिडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।

उहाँलाई शुक्रबारबाट नै ठोस आहार दिन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताउनुभयो । प्रधानमन्त्रीको भाइटल र ल्याब रिपोर्ट सामान्य रहेको उहाँले बताउनुभयो ।

डा. खड्काले मृगौलादाता समीक्षा संग्रौलाको स्वास्थ्यमा पनि क्रमिक सुधार भएको बताउनुभएको छ । उहाँलाई पनि ठोस आहार दिन थालिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री आफैले आफ्ना राजनीतिक सल्लाहकार विष्णु रिमाललाई टेलिफोन गरेर आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको जानकारी दिनुभएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले रिमाललाई टेलिफोनमा ‘मेरो स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । म छिटो काममा फर्किन्छु । यो कुरा साथीहरुलाई, देशवासीहरुलाई भनिदिनुहोला’, भनेको थापाले बताउनुभयो । अहिले उपचारमा संलग्न चिकित्सकको टोली बाहेक कसैलाई पनि भेट्न नदिएको पनि थापाले बताउनुभएको छ ।

सोमबार अस्पताल भर्ना हुनुभएका ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिएको थियो । १२ वर्ष अघि ओलीको भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);