खप्तड गोल्डकपको चौथो संस्करणको तयारी पूरा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

खप्तड गोल्डकपको चौथो संस्करणको तयारी पूरा

धनगढी, ८ फागुन । सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणको तयारी पूरा भएको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले बिहिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शुक्रवारदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।

फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नु हुनेछ । उद्घाटन खेलमा शुक्रबार बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब भारतबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ तथा उपविजेताले १० लाख १ रुपैयाँको साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । धनगढी रंगशालामा हुने प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १०/१० हजार पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताका लागि १ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);