काठमाडाैं । नेपाल पत्रकार महासंघले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यामहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माले जिम्मेवार भएर सामाजिक सञ्जाललगायतका विद्युतीय सञ्चार माध्यमहरुको प्रयोग गर्न सञ्चारकर्मीहरुलाई सचेत गराउनुभएको हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पत्रकारहरुले आफ्नो अनुसन्धानको काम नसकिदै सामाजिक सञ्जालहरुमा त्यस्ता विषयहरु सार्वजनिक गरिदिँदा प्रहरीको अपराध अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष शर्माले सञ्चारकर्मीहरुलाई जिम्मेवार भएर सामाजिक सञ्जालहरुको प्रयोग गराउनका लागि महासंघले देशभर सो सम्बन्धि अभियानको सुरुवात गरेको पनि स्मरण गराउनुभयो ।
महासंघले प्रहरीको अपराध अनुसन्धानमा सञ्चारकर्मीहरुको सहकार्य अझै घनिभूत बनाउन आवश्यक रहेको पनि बताउनुभयो।





