गण्डकी प्रदेशसभाका सांसद दीपक मनाङे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

गण्डकी प्रदेशसभाका सांसद दीपक मनाङे पक्राउ

पोखरा, ९ माघ । गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई प्रहरीले पक्राउ गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई पक्राउ गरेको हो ।

मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि गुरुङलाई झापड हानेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रहरीले उक्त जाहेरीको आधारमा मनाङेलाई पक्राउ गरेको हो। उनलाई पोखराको लेकसाइडबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार