गीत-संगीतले मानिसलाई एक ठाउँमा ल्याउँछ : मन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गीत-संगीतले मानिसलाई एक ठाउँमा ल्याउँछ : मन्त्री पोखरेल

काठमाडौं, ९ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राजनीतिका कारण मानिसहरु विभाजित भएपनि संगीतले मान्छेहरुलाई एक ठाउँमा ल्याउने बताउनुभएको छ ।

तारादेवीको चौधौं पुण्यस्मृतिका अवशरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । राजनीतिले विचार र दृष्टिकोण दिएपनि राजनीतिकै कारण समाज र मानिस विभाजित हुने गरेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले संगीत, कला र गायनले मान्छेलाई एक ठाउँमा जोड्ने बताउनुभयो ।

उहाँले कला र संगीतको क्षेत्रमा लागेका व्यक्तिहरुमा राजनीतिक रोग सर्न नहुने समेत बताउनुभएको छ । राजनीतिमा दलहरु जोडिने र छुट्ने क्रम चल्ने गरेको प्रशंग उल्लेख गर्नुहुँदै पोखरेलले कला क्षेत्रमा लागेका व्यक्तिहरुले त्यस्तो गर्न नहुने बताउनु भएको हो ।

पोखरेलले तारादेवी फाउण्डेशनका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । सम्मानित व्यक्तिहरुलाई एकै छानामुनि ल्याउन ठोस प्रस्ताव लिएर आए आफु जुनसुकै तहमा पनि सहयोग गर्न तयार रहेको पोखरेलले बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);