दीपक मनाङगेलाई दुई दिन हिरासतमा राख्न अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दीपक मनाङगेलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १० माघ । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङगेलाई अनुसन्धानका लागि प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पाएको छ ।

शुक्रवार जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै बुधवार उजुरी दिएपछि प्रहरीले बिहीबार मनाङगेलाई पक्राउ गरेको थियो ।

उता मनाङगेविरुद्ध अभद्र व्यवहार सम्बन्धी जाहेरी दिने जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष गुरुङलाई प्रहरीले शुक्रबार बैंकिङ कसूर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);