काठमाडौं, ३ माघ । द्वन्द्वकालीन घटनाका मुद्दालाई टुंगोमा पुर्याउन सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छलफलमा जुटेका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपि शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयनका विषयमा छलफल भएको बताइएको छ ।
छलफलमा नेकपा सदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्थ्यो । पटकपटक अवधि थप्दासमेत काम नसकेपछि गत चैतदेखि दुबै आयोग पदाधिकारी विहीन भएका छन् ।
नयाँ पदाधिकारी चयनका लागि पूर्वप्रधानन्याधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा बनेको सिफारिस समितिले बनेको ६१ जनाको नाम सिफारिस गरिसकेको छ । आयोगका लागि नया कानुन बनाउने सम्बन्धमा समेत छलफल भइरहेको छ ।




