नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच आज पनि छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच आज पनि छलफल

prachanda oli

काठमाडौं, ०३ माघ ।  सभामुखको उम्मेदवार टुंगो लगाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज छलफल हुदै, आजै सभामुखको उम्मेदवार टुंगो लाग्न सक्ने ।

केही समयको संवादहीनताको अवस्था तोड्दै बिहिबार दुई अध्यक्षबीचको भोटवार्ता सकारात्मक भएपछि आज पुनः छलफल गरी सभामुख उम्मेदवार टुंगो लगाउने तयारी गरिएको जनाइएको छ । बिहिबार अध्यक्षद्वयबीच शुक्रबार उम्मेदवार टुंगो लगाउने र उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने सम्बन्धमा छलफल भएको थियो । पछिल्लो सहमतिअनुसार सभामुख उम्मेदवार पूर्व माओवादी पक्षलाई दिन अध्यक्ष ओली लचक देखिएको जनाइएको छ ।

बालुवाटारमा बस्ने अध्यक्षद्वयको बैठकमा सभामुख उम्मेदवार टुंग्याउनुका साथै चर्चामा रहेको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि लामो समयदेखि प्रतिनिधिसभा सभामुखबिहीन अवस्थामा रहेको छ ।

नेकपाभित्रका पूर्व एमाले र पूर्व माओवादी पक्षधर आ–आफ्नो पक्षका व्यक्तिलाई सभामुख बनाउने अडानमा रहेपछि अहिलेसम्म सभामुख उम्मेदवार टुंगो लाग्न सकेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);