घरेलु टिम भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०८१, आइतबार

घरेलु टिम भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले शानदार जित

india vs Australia

एजेन्सी, ०१ माघ। मुम्बईमा मंगलबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई १० विकेटले पराजित गरेको हो । भारतले दिएको २ सय ५६ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चले अविजित रहदै शतकीय इनिङ्स खेले ।

वार्नरले अविजित १ सय २८ रन जोड्दा फिन्चले अविजित १ सय १० रन बनाए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४९ ओभर १ बलमा अलआउट हुँदै २ सय ५५ रन बनाएको थियो । भारतका शिखर धवनले ७४ रनको अर्धशतकीय इनिङ्स खेले। धवनले ९१ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।

यस्तै लोकेश राहुलले ४७ ऋषब पन्तले २८, रबिन्द्र जडेजाले २५ , कुलदिप यादबले १७ तथा कप्तान विराट कोहलीले १६ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । यस्तै प्याट कमिन्स र केन रिचर्ड्सनले समान २÷२ विकेट हात पारे । जितसँगै अष्ट्रेलियाले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);