अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि शक्तिशाली हमला गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि शक्तिशाली हमला गर्ने चेतावनी

Donald Trump

काठमाडौं, २० पुस । अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमाथि शक्तिशाली हमला गर्ने चेतावनी, ईरानका ५२ स्थानमा निशाना बनाइरहेको दाबी ।

इरानका शीर्ष कमान्डर कासिम सुलेमानीको हत्यापछि राष्ट्रपति ट्रम्पको यस्तो चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानका ५२ स्थानमा निशाना बनाइरहेको दाबी गरेका छन् । इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि हमला गरे तीव्र र शक्तिशाली हमला गर्ने ट्रम्पको चेतावनी छ । उनले इरानका लागि निकै महत्वपूर्ण र उसको संस्कृतिका लागि अहम रहेका ५२ स्थानमा अमेरिकाले निशाना बनाइरहेको दाबी गरे ।

उनका अनुसार ५२ लक्ष्यले ती ५२ अमेरिकीहरुको प्रतिनिधित्व गर्छ जसलाई सन् १९७९ मा ईरानमा एक वर्षसम्म बन्दी बनाएर राखिएको थियो । शुक्रबार अमेरिकाले गरेको हवाई हमलामा सुलेमानीको मृत्यु भएको थियो । यस घटनापछि ईरानले सही समय र सही स्थानमा यसको बदला लिने धम्की दिएको थियो ।

ताजा समाचार