नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा

काठमाडौं, १४ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमणवर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो ।

मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउन उद्घाटको दिन दिपावली मनाउन आग्रह गर्नुभएको छ । मुलुकलाई ‘जुरुक्क उठाउने’ र विश्व समुदायलाई नेपाल स्थायी शान्ति, स्थिरता, सुशासन र समृद्धिको बाटोमा अघि बढेको छ भन्ने सकारात्मक सन्देश दिन भ्रमण वर्षको आयोजना गरिएको उहाँले बताउनुभयो ।

नेपाल पर्यटनका लागि संसारमै एक अद्धितिय पर्यटकीय गन्तव्य हो भनेर चिनाउन, विश्वभरीका लगानीकर्तालाई नेपाल लगानीको लागि उपयुक्त मुलुक हो भनेर जानकारी गराउने उद्देश्यले यसको आयोजना गरिएको उहाँले बताउनुभयो ।

सरकारले भ्रमणवर्षको उद्घाटन विशेष कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रपतिले जनवरी १ तारिखमा भ्रमण वर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन शत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन पनि गर्नुहुनेछ । उद्घाटनको दिन सबैलाई दिपावली मनाउन सरकारले आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);