काठमाडौं, २७ मंसिर । जापानको यू २२ फुटबल टोलीले नेपाललाई हराएको छ । शुक्रबार दशरथ रंगशालामा नेपाल निलो संग खेलेको जापानको यू २२ को टोलीले ४ शुन्यको गोल अन्तरले हराएको हो ।
नेपालमा फुटबल लिगको टोलीबीचको मैत्रीपूर्ण खेल खेल्न जापानको यू२२ को टोली काठमाडौँ आएको छ । हाल राष्ट्रिय टोलीमा नरहेका खेलाडी समेटेर बनाइएको नेपाल निलो टोलीको कप्तानी भोला सिलवालले गरेका थिए ।
आज भएको खेलको पहिलो हाफमा १ गोलको अग्रता लिएको जापानले दोस्रो हाफमा ३ गोल थपेको थियो । मासाहिको सुगिताको गोलमा जापानले अग्रता लिएको थियो ।
४९ औं मिनेटमा उनैले अग्रता दोब्बर पारे । सतोशी सुनोमाताले गोल गर्दै जापानी टोलीको अग्रता फराकिलो पारे । तोशिकी सासाकीले ७४ औं मिनेटमा गोल गर्दै ४-० जित पक्का गरेका थिए । जापानी टोलीले शनिवार दोस्रो मैत्रीपूर्ण खेल गत वर्षको लिग च्याम्पियन मनाङ सँग खेल्ने तालिका रहेको छ ।