एजेन्सी, १६ मंसिर । पश्चिमी अफ्रिकाको बुर्कुना फासोमा एक अज्ञात व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा १४ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
बुर्कुना फासोको पूर्वी क्षेत्रमा रहेको ह्याङटोउ कौउरामा रहेको चर्चमा प्रवेश गरेका ती व्यक्तिले प्रार्थना गरिरहेकाहरुमाथि गोली प्रहार गरेका हुन् । गोली प्रहार लगत्तै ती व्यक्ति स्कुटर चढेर भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
गत अक्टोबरमा पनि एक मस्जिदमा भएको आक्रमणमा १५ जना मारिएका थिए । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको संचारमाध्यमहरुले जनाएका छन् ।