मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल

nekapa-meeting

काठमाडौं, ३० कात्तिक । पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलका साथै शीर्ष नेताबीच दिनहुँ यही विषयमा छलफल चलिरहेको छ ।

शुक्रबार प्रधानमन्त्री ओली, दाहाल र महासचिव पौडेलबीच तीन घण्टा लामो छलफल भएको नेकपा स्रोतले जनाएको छ । बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन पार्टी र सरकार सञ्चालनलगायतका विषयमा गम्भीर छलफल भएको छ ।

यसअघि पनि नेताहरू वामदेव गौतम, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतका बीचमा छलफल भएको थियो । मन्त्रिपरिषद् फेरबदलमा देखिएका विभिन्न समूहको स्वार्थका कारण ढिलाइ भइरहेको स्रोतको दाबी छ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले पार्टीको घोषणापत्र र सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को चाहनाअनुसार केही मन्त्रीले काम गर्न नसकेकाले पुनर्गठनको विषयमा छलफल सुरु भएको बताए ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);