काठमाडौं, २० कात्तिक । एएफसी यू–१९ छनोट च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो खेलमा युएईसँग प्रतिस्पर्धा गर्दैछ । ईरान राजधानी तेहरानस्थित पीएएस मैदानमा हुने खेलमा नेपालले समुह चरणको पहिलो खेलमा युएईसंग खेल्न लागेको हो ।
खेल नेपाली अनुसार साँझ ५ बजे सुरु हुनेछ । नेपाली टिमका प्रशिक्षक मेघराज केसीले युएई टिम बलियो भएपनि आफ्नो तर्फबाट सतप्रतिशत दिने बताउनुभएको छ । उहाँले यो प्रतियोगितामा गुमाउनु पर्ने केहि नभएको बताउँदै यूएई विरुद्ध डटेर खेल्ने बताउनुभयो ।
नेपाल रहेको समुहमा यूएई, किर्गिस्तान र इरान रहेका छन् । समुह शिर्ष स्थानमा रहने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ । नेपालले समुहको दोस्रो खेलमा आठ नोभेम्बरमा इरानसँग खेल्नेछ भने अन्तिम खेलमा १० नोभेम्बरमा कीर्गिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।




