भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुनेमा आशंका | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुनेमा आशंका

visitnepal2020 tourist

प्रमिला खतिवडा
काठमाडौं, १६ असोज । नेपाल भ्रमण वर्ष आउन अब ६० दिन बाँकी छ । तर अहिलेसम्म सरकारले पर्यटन प्रवर्द्धनको जिम्मेवारीमा न नेपाल पर्यटन बोर्डले ध्यान दिएको छ न त भ्रमण वर्ष सचिवालयले नै ।

पर्वतारोहण र साहसिक पर्यटन तथा धार्मिक सांस्कृतिक महत्व बोकेका सम्पदा अझै पुनर्निर्माण हुन नसक्दा २० लाख पर्यटक भित्र्याउने योजना सफल हुने नहुनेमा सर्वसाधारण अनभिज्ञ रहेका छन् ।

यता सरकारलाई चुनौति पनि प्रशस्त देखिएकोछ । तर सरकारकै तदारुकता कम भएकाले पुनर्निर्माणको कामले तीव्रता नपाएको सर्वसाधारणको गुनासो रहेको छ ।

नेपालमा भारतपछि पर्यटक बढि आउने देशमा अमेरिका, ब्रिटेन र चीन रहेको छन् । विशेषगरी पर्यटक १५ दिनको लागि भारत आउँदा ३ दिन जती नेपालमा घुम्न आउने गरेकाले विदेशीले नेपालमा खर्च कम हुने टुरिष्ट गाईड बताउँछन् ।

२०७४ सालको भूकम्प पछि पर्यटकको संख्यामा कमी आएपनि यो समयमा पर्यटकको संख्यामा क्रमश बृद्धि हुँदै गएको छ । तर विदेशी पर्यटकलाई सेवा, सुविधा सरकारले उपलब्ध नगराएका कारण पर्यटकले समय समयमा दुख पाएको घटना सार्वजनिक भएपनि सम्बन्धित निकायले सुनुवाई नगरेको टुरिष्ट गाईडहरुको गुनासो छ ।

यता उपत्यकाभरि पर्यटकलाई आइपर्ने विविध समस्या समाधानका लागि चौबीसै घण्टा सेवा, सुरक्षा उपलब्ध गराउन तैनाथ रहेको प्रहरी प्रधान कार्यालय काठमाडांैका प्रहरी महानिरीक्षको भनाईछ ।

पर्यटन बर्षलाई सफल बनाउन सरकार यतिखेर पाँचै प्रदेशमा प्रचारप्रसार गरिरहेको छ । तथापि पर्यटकलाई आकर्षित गर्न विभिन्न पर्यटकीय गन्तव्य स्थलको कामले पनि अझै पूर्णता पाइसकेको छैन् ।

भ्रमण बर्ष १९९८ मा आशातित व्यापार हुन नसकेको भएतापनि यस बर्षमा भने केही व्यापार गरेर आम्दानी गर्नै सकिन्छ कि भनेर आशामा बसन्तपुर दरबार क्षेत्रका व्यापारी रहेका छन् ।

काठमाडौंमा आर्थिक बर्ष २०७५/७६ मा अन्य राष्ट्रबाट ८३ हजार र सार्क राष्ट्रबाट २७ हजार ५ सय ६३ जनाले काठमाडौंको दरबार क्षेत्र भ्रमण गरेका छन् भने आर्थिक बर्ष ७५ ७६ मा कूल २ लाख १० हजार ७ सय ७९ जना भित्रिएका छन् । यसबाट १८ करोड ७२ लाख भन्दा बढीको आम्दानी भएकोछ ।

त्यसैगरी आर्थिक बर्ष २०७६ ७७ को २ महिनाको अवधिमा २५ हजार ४ सय ३० पर्यटकबाट कूल २ करोड २१ लाख माथिको शुल्कमात्रै बसन्तपुर दरबार क्षेत्रबाट उठेकाले सरकारको लक्ष्य पूरा हुनेमा पर्यटन बोर्डको विश्वास रहेकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);