एजेन्सी, १४ असोज । इग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडले आर्सनलसंग बराबरी खेलेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा युनाईटेडले लण्डन क्लब आर्सनलसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु टोली युनाईटेडले ४५ औ मिनेटमा स्काट म्याक टोमिनेको गोलबाट अग्रता लिएको थियो । पियरी एम्रिक अबुमियाङले ५८ औ मिनेटमा गोल गर्दै युनाईटेडसंग अंक खोस्न सफल रहे । अंक बाड्न परेपछि घरेलु टोली युनाईटेड ९ अंक सहित तालिकाको १० आंै स्थानमा छ भने आर्सनल १२ अंक सहित तालिकाको चौथो स्थानमा छ ।