काठमाडौं, १२ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले आयोजक सिंगापुरलाई पराजित गरेको छ । शनिबार भएको सिरिजको दोस्रो खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको हो ।
सिंंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि पारस खड्काले कीर्तिमानी शतकसँगै अविजित १०६ रन बनाए । यस्तै, इशान पाण्डेले ५ र आरिफ शेखले अविजित ३९ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धा्रित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । सिंगापुरका लागि कप्तान टिम डेभिडले ६४, जनक प्रकाशले अविजित २५, सुरेन्द्रन चन्द्रमोहनले ३५ तथा मन प्रित सिंहले १५ रन बनाए । नेपालका लागि करण केसीले २ र सुशन भारीले १ विकेट लिए ।




