काठमाडौं, ६ असोज । धान उत्पादनको हिसाबले सिन्धुलीको माढी बजारको फाँट, तीनपाटन फाँट, दुधौली फाँट र मरिण फाँट उर्वर भूमिका रूपमा रहेको छ। तर, यही उर्वर फाँटमा अहिले धमाधम घरहरू बनी रहेका छन्।
बजारको फाँट, तीनपाटन फाँट, दुधौली फाँट र मरिण फाँटलगायतका खेतीयोग्य जमिनमा अहिले धमाधम घर निर्माण भइरहेका छन्।
खेतीयोग्य जमिनमा धमाधम घर बन्ने क्रम बढिरहँदा पनि जिल्लाका सरोकारवाला निकायले यसलाई रोक्न खासै ध्यान दिएको देखिँदैन।
करिब पाँच वर्ष अघिसम्म सिन्धुलीको कमलामाई नगरपालिका–४ को धुराफाँटमा धान, मकै, गहुलगायतका अन्न प्रशस्तै उब्जाउ हुने खेतीयोग्य जमिन थियो। तर, पाँच वर्ष यता धुराफाँटमा सयौं घरहरू बनेका छन्। दिन प्रतिदिन खेतीयोग्य जमिनमा घरैघर थपिँदै गएका छन्।
पहिला धुरा फाँटले चिनिएको यो ठाउँमा मानिसले धमाधम घर बनाउँदै बस्ती नै बसेपछि अहिले नयाँ नामकरण गरेर बीपी नगर राखिएको छ।
बीपी नगर टोल सुधार समितिका अध्यक्ष मानध्वज भोलनका अनुसार धुराफाँटमा पछिल्लो पाँच वर्षयता धमाधम घर बन्ने क्रम बढेको हो। ‘केही वर्षयता यहाँ घर बनाउनेको त लर्काे नै लागेको छ। कतिपयले अझै बनाउँदै छन्। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।




