जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै

जुम्ला । जुम्लामा कर्णाली राजमार्गको ट्रयाक खुलेसँगै खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता जनाउन थालिएको छ । राजमार्ग खुलेसँगै सहरीकरणको नाममा खेतीयोग्य जमिनमा घर बनाउन थालिएको हो ।

मार्सीधान  खेती गर्ने  जमिनमा अहिले ठूल्ठूला घर निर्माण गरिएको छ । राजमार्ग खुलेपछि आफूले पाँँच मुरीभन्दा बढी धान फल्ने खेत बेचेको चन्दननाथ नगरपालिका ७ कि तारा थापाले बताइन् ।

उनका अनुसार खेतीयोग्य जमिन मासिन थालेपछि  रैथाने अन्न बाली बचाउन कठिन भएको उनले बताइन् । खेतीयोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज, ट्रायल सेन्टर बनेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);