हिन्दू र बौद्धमार्गीको साझा तीर्थ मुक्तिनाथ र कागबेनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हिन्दू र बौद्धमार्गीको साझा तीर्थ मुक्तिनाथ र कागबेनी

muktinath mandir

काठमाडौं, ६ असोज । भदौ २८ गतेबाट यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरू भएको छ। सोह्र श्राद्ध शुरू भएपछि घर–घरमा आफ्ना पितृलाई सम्झने र पिण्ड तथा तर्पण दिने चलन छ। घरमा मात्रै होइन सोह्र श्राद्धमा तीर्थस्थलमा गएर श्राद्ध गर्ने प्रचलन रहेको छ।

सोह्र श्राद्धमा सबैभन्दा बढी हिन्दू धर्मावलम्बीको गन्तव्य भनेको हिमालपारीको जिल्ला मुस्ताङस्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र कागबेनी रहने गरेका छन्। यस पितृपक्षमा मुक्तिनाथ मन्दिरमा रहेका १ सय ८ धारामा स्नान गर्ने तथा काली र गण्डकीको संगम कागबेनीमा पितृलाई श्राद्ध गर्नेहरूको भीड लाग्दछ।

मन्दिरको अगाडि रहेका दुईवटा पोखरीमा डुबुल्की मारेर मात्र मन्दिर पस्ने चलन छ। चिसो पानीको धारा र पोखरीमा डुबुल्की मारेपछि दर्शन गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास भक्तजनमा व्याप्त छ।

सोह्र श्राद्धमा आफ्ना सात पुस्तासम्मका पितृलाई तर्पण दिने चलन छ। खास गरी सोह्र श्राद्धमा तीर्थस्थलमा भन्दा पनि घर–घरमा नै खीर पकाएर पितृको श्राद्ध गर्नु सबैभन्दा उत्तम हुने धर्मगुरुको मत छ। यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);