एजेन्सी, २३ साउन । भ्रष्टाचारको आरोप लागेका किर्गिस्तानका पूर्व राष्ट्रपति अलमाज्बेक अताम्बेवलाई पक्राउ गर्न गर्न खोज्दा सुरक्षाकर्मी र समर्थकबीच दोहोरो भिडन्त भएको छ । भिडन्तमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने दुबै पक्षका ३६ जना घाइते भएका छन् ।
पूर्व राष्ट्रपति अताम्बेबले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । भ्रष्टाचारको आरोप लागेपछी उनलाई देशले दिंइदै आएको सबै सुबिधाबाट बञ्चित समेत गरेको थियो । उनलाई पक्राउ गर्न ५० जना भन्दा बढीको संख्यामा गएका सुरक्षाकर्मीको प्रयास असफल भएको छ । संसदले गएको जुनमा उनीबाट सुरक्षा सुविधा खोसेको थियो ।
किर्गिस्तानको राष्ट्रिय सुरक्षा कमिटिले पूर्व राष्ट्रपति अताम्बेवलाई पक्राउ गर्न चलाइएको विशेष अभियानको क्रममा सुरक्षाकर्मीले रबरका गोली चलाएको भन्दै आलोचना गरेका छन् ।
सत्तामा रहँदा पूर्व राष्ट्रपति अताम्बेबले राज्यको सम्पती दुरुपयोग गर्नुका साथै करौंडौ रुपैयाँको भ्रष्टाचार गरेको आरोप छ ।




