पाकिस्तानद्वारा भारतीय राजदुत बासरिया निकाला, दुई देशबीचको तनाव बढ्दै | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

पाकिस्तानद्वारा भारतीय राजदुत बासरिया निकाला, दुई देशबीचको तनाव बढ्दै

PAKISTAN-ISLAMABAD-NEW PRIME MINISTER

एजेन्सी, २३ साउन । जम्मु कश्मिरको विषयमा भारतीय सरकारले चालेको कदमको ठाडो विरोध गरिरहेको पाकिस्तानले दुई देशबीचको कुटनीतिक सम्बन्ध झन् कमजोर बनेको संकेत दिएको छ ।

पाकिस्तानस्थित भारतीय उच्च आयुक्त अजय बासरियालाई निकाला गर्दै त्यहाँको सरकार खह्रो उत्रिएको हो । यो विवादपछि भारतका लागी नवनियुक्त पाकिस्तानी उच्च आयुक्तले पनि जिम्मेवारी सम्हाल्ने छैनन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको व्यापारिक सम्बन्ध पनि तोडेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् । पाकिस्तान र भारतबीचको कुटनीतिक सम्बन्ध यसअघि सन् १९६५ र १९७१ मा पनि तोडिएको थियो ।

ताजा समाचार