कश्मीरका मानवअधिकारवादी कार्यकर्ता पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कश्मीरका मानवअधिकारवादी कार्यकर्ता पक्राउ

एजेन्सी । कश्मीरमा एक चर्चित मानवअधिकारवादी कार्यकर्ता पक्राउ परेका छन् । आतंकवादलाई पश्रय दिएको र राज्यविरुद्ध षडयन्त्र गरेको आरोपमा सरकारले कश्मीरका मानवअधिकारवादी कार्यकर्ता खुराम पर्भेजलाई पक्राउ गरेको हो ।

पर्भेजको घरमा छापा मारेपछि राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) का सुरक्षा अधिकारीले उनलाई भारत प्रशासित कश्मीरबाट पक्राउ गरेको हुन । पर्भेजले यसबारे कुनै टिप्पणी गरेका छैनन् । 

उनको पक्राउको चौतर्फी  विरोध भएको छ । उनको सकुशल रिहा गर्न विभिन्न अधिकारवादी समूहले आह्वान गरेका छन् । पर्भेज सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को प्रखर आलोचक हुन् । उनले नेतृत्व गरेको नागरिक समाजका लागि जम्मु कश्मीर गठबन्धन समूह (जेकेसीसीएस) ले कश्मीरमा मानवअधिकार उल्लंघन र सुरक्षाकर्मीको दमनको विरोध गर्दै आएको थियो । 
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);