राजपा विवाद घोषणापत्रमै छताछुल्ल, माओवादीबारे फरक मत | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

काठमाडौँ, २३ भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा समेटिएका विषय वस्तुबारे शीर्ष नेताले अनविज्ञता प्रकट गरेपछि पार्टीभित्रको भाँडभैलो सतहमा आएको छ। स्थानीय तह निर्वाचनका लागि राजपाले बिहीबार घोषणा पत्र सार्वजनिक गरेको छ।

घोषणापत्रमा ‘अन्य पार्टीबारे राजपाको दृष्टिकोण’ शीर्षकमा समेटिएका केही वाक्यांशप्रति घोषणापत्र सार्वजनिककर्ता नै जानकार नहेको खुलेको छ। घोषणापत्रमा समेटिको विषयप्रति सञ्चारकर्मीले जिज्ञासा राखेपछि ‘गल्ती’ भएको शीर्ष नेताले स्विकारेका छन्।

अन्य पार्टीबारे राजपा नेपालको दृष्टिकोण शीर्षकमा माओवादी केन्द्रलाई ‘लोकतान्त्रिक प्रणालीमा विश्वास नराख्ने तथा राज्यसत्ता कब्जाको शैलीमा क्रियाशील’ भनी उल्लेख छ। उक्त विषयप्रति अध्यक्षमण्डलका केही नेताले आक्रोश व्यक्त गरेका छन्।

राजपाका अध्यक्ष महन्थ ठाकुर, शरत्सिंह भण्डारीले सांकेतिक रूपमा विरोध जनाए भने अनिल झा र महेन्द्रप्रसाद यादवले पूर्ण असहमति जनाउँदै माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमा विश्वास राखेरै बुलेट छाडेर ब्यालेटमा आएको जिकिर गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल मधेससँग ‘अफेयर्स’ भन्ने तर तपाईंहरूको घोषणापत्रले ‘कडा डिभोर्स’ जनाउँदै भनी राखेको जिज्ञासामा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले भने, ‘माओवादीसँग न अफेयर्स, नत डिभोर्स’ नै भन्ने रेडिमेड जवाफ दिए। सञ्चारकर्मीले घोषणापत्रमा समेटिएको विषय वाचन गरेपछि महतो अक्क न बक्क भएका थिए।

पार्टीका केही उपाध्यक्ष, महामन्त्रीलगायत नेताले राजपा अध्यक्ष ठाकुरलाई कार्यकक्षमै पुगेर आफूले नपढेको घोषणापत्र सार्वजनिक गर्नुको कारण स्पष्ट गर्न माग गरेका थिए। उनीहरूले भनेका थिए, ‘राजपाभित्रका विविधखाले सोचका कारण अन्य पार्टीबारे राजपाको दृष्टिकोण गलत ढंगले बाहिर आयो। घोषणापत्र बनाउने जिम्मेवारी दिइएका महतोलाई पूर्ण विश्वास गर्दा यस्तो अवस्था आयो। घोषणापत्रमा समेटिएका विषयबारे जानकारी नराख्नु आपत्तिजनक हो।

‘आरोप स्वीकार्य छैन’ अध्यक्ष मण्डलका नेता महेन्द्रप्रसाद यादवले घोषणापत्रमा माओवादीमाथि लगाइएको आरोपप्रति आफू सहमत हुन नसक्ने बताए। उनले भने, ‘मधेसवादी दलका लागि माओवादी सकारात्मक सोच राख्ने पार्टी हो। घोषणापत्रमा उ विरुद्ध आएका कुरामा आफैंमा विरोधाभासपूर्ण छन्।’

माओवादी केन्द्र अहिले कांग्रेस र एमालेजस्तै पूर्णरूपमा संसद्वादी पार्टी भइसकेको उनले बताए। राजपा अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले केही नेता आवश्यकताभन्दा बढी क्रान्तिकारी भइदिँदा माओवादीप्रति अनावश्यक लाञ्छना लाग्न पुगेको भन्दै दुःख व्यक्त गरे।

के छ घोषणापत्रमा :

कांग्रेस स् लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्रका लागि प्रतिबद्ध छैन। मधेसमैत्री होइन। एमाले : संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी। यसको नेतृत्व तहको संरचना हेर्ने हो भने यहाँ मात्रै शासक वर्गको वर्चस्व भेटिन्छ। उनीहरू प्रखर मधेसविरोधी पनि छन्। यो संघीयताविरोधी पार्टी त हो नै, उत्पीडित बहिष्कृत समुदायको हक-अधिकारका लागि रत्तिभर संवेदनशील छैन। आजको अन्नपूर्ण पोस्टले खबर छापेको छ।

ताजा समाचार