विश्वपकप क्रिकेट : सेमिफाइनलमा भारत-न्यूजिल्याण्ड र अस्ट्रेलिया-इंग्ल्याण्ड भिड्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८१, मंगलबार

विश्वपकप क्रिकेट : सेमिफाइनलमा भारत-न्यूजिल्याण्ड र अस्ट्रेलिया-इंग्ल्याण्ड भिड्ने

cricket world cup semis

एजेन्सी, २२ असार । इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा भएको छ । शनिवार राती सम्पन्न खेलहरुपछि समुह चरणका खेल सकिएका हुन् ।

अन्तिम दिन भारतले श्रीलंकालाई ७ विकेटले हरायो । भारतको जितमा सुरुवाती ब्याट्सम्यान रोहित शर्माले किर्तीमानी शतक बनाए । रोहित विश्वकपको एकै संस्करणमा पाँच शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

गएराती भएको अर्को खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि १० रनको जित निकाल्यो । हारसँगै अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा झर्यो । समुह चरणका सबै ९ खेल सकिंदा १५ अंकसहित भारत शिर्ष स्थानमा रहँदा १४ अंक जोडेको अष्ट्रेलिया दोस्रो भयो । तेस्रो स्थानको इंग्ल्याण्डले १२ अंक जोड्यो भने ११ अंकका साथ न्युजिल्याण्डले पनि सेमिफाइनलमा ठाँउ बनायो ।

समान ११ अंक जोडेको पाकिस्तान रन रेटको आधारमा न्युजिल्याण्डसँग पछि पर्दै समुह चरणबाटै बाहिरियो ।

अब सेमिफाइनलमा भारतले न्युजिल्याण्डको सामना गर्दा अष्ट्रेलियाले आयोजक इंग्ल्याण्डसँग खेल्नेछ । सेमिफाइनल खेलहरु मंगलवारदेखि हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);