सुनुवाइ समितिले आज मन्त्री राणासँग छलफल गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

सुनुवाइ समितिले आज मन्त्री राणासँग छलफल गर्दै

 

२०८१,५,२४

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। बिहान ११ बजे बस्ने बैठकमा समितिले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई बोलाएको छ। राजदूत सिफारिस समावेशी नभएको भन्दै समितिले प्रस्तावित राजदूतको सुनुवाइ रोकेर मन्त्री राणालाई बोलाएको हो।

आजको बैठकमा मन्त्री राणासँग छलफल गर्ने कार्यक्रम रहेको समिति सभापति ईश्वरीदेवि न्यौपानेले जानकारी दिइन्। सरकारले सिफारिस गरेका १७ जना राजदूत मध्ये १३ जनाको सुनुवाइ सकेको छ।अब चार प्रस्तावित राजदूतको सुनुवाइ हुन बाँकी रहेको छ। आजदेखि तीन दिन संसद बैठक रहेकोले बाँकी चार प्रस्तावित राजदूतलाई आगामी २७ गते सुनुवाइका लागि बोलाउने निर्णय भएको सभापति न्यौपानेले जानकारी दिइन्।

उनले भनिन्, ‘हाउस चलेको बेला त्यहाँ जानुपर्ने हुनाले एक जनाको पनि सुनुवाइ गर्न कठिन हुने भएकोले २७ गते चारै जनालाई सुनुवाइका लागि बोलाएका छौं, २७ गते सक्छौं’ सरकारले सिफारिस गरेका राजदूतहरु समावेशी नभएको भन्दै प्रश्न उठेपछि मन्त्रीलाई बोलाइएको न्यौपानेले बताइन्।

Leave a Reply