विभिन्न १२ मुलुकमा प्रस्तावित राजदूत मध्ये ६ जनाको सुनुवाइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

विभिन्न १२ मुलुकमा प्रस्तावित राजदूत मध्ये ६ जनाको सुनुवाइ

८ चैत्र, काठमाडौं । व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले विभिन्न १२ मुलुकमा राजदूतमा प्रस्तावितमध्ये मंगलबार छ जनाको संसदीय सुनुवाइ गरेको छ ।

समितिले शर्मिला पराजुली, निरञ्जनकुमार थापा, रमेशप्रसाद कोइराला, अर्जुनजङ्ग बहादुर सिंह, प्रतिभा राणा र युवनाथ लम्सालको मंगलबार सुनुवाइ गरेको हो । सरकारले केही समयअघि १२ मुलुकका लागि राजदूतको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।

बैठकमा ओमानका लागि प्रस्तावित नेपाली राजदूत शर्मिला पराजुलीले आफू म्यानपावर व्यवसायी नभएको दाबी गर्नुभयो । अन्य प्रस्तावित राजदूतले समितिसमक्ष आफ्नो योग्यता, अभिरुचि, अवधारणा, कार्यायोजना र सोच प्रस्तुत गरेका थिए ।

उनीहरुले आफ्नो नाम अनुमोदन भएमा नेपालको संविधानमा रहेका विशेषताको प्रचारप्रसार गर्ने, देशको शिर उठाउने तथा नेपाली जनताले गर्व गर्नलायक काम गरेर देखाउने प्रतिबद्धता व्यक्त  गरेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);