गृहका सह-सचिव र उप-सचिवकै गाडी ट्राफिक प्रहरीको कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

गृहका सह-सचिव र उप-सचिवकै गाडी ट्राफिक प्रहरीको कारबाहीमा

griha mantralaya

काठमाडौं, १२ असार । गृह मन्त्रालयका उच्च अधिकारी चढ्ने दुई गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको छ । निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी टोलीले गाडीलाई कारबाही गरेको हो ।

महाशाखाका अनुसार कारबाहीमा पर्ने गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको हो । दुवै गाडी गृह मन्त्रालयका हुन् । जसमध्ये एउटमा गृह प्रवक्ता सह सचिव रामकृष्ण सुवेदी चढ्छन् । अर्कोमा भने उप सचिव कृष्णप्रसाद शर्मा चढ्दै आएका थिए ।

निशेधित क्षेत्रमा पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले दुवै गाडीको चक्कामा ‘ह्विल लक’ गरेको थियो । गाडी सिंहदरबारस्थित पूर्वी गेट सामुन्ने सडकमा पार्किङ गरी राखिएको थियो । सम्पर्कमा आएका चालकको सवारी चालक अनुमति पत्र(लाइसेन्स) कारबाहीका लागि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले निषेधित क्षेत्रमा गाडी पार्क गरेको भेटिएपछि ट्राफिक प्रहरीले ह्वील लक गरेको बताए । उनले भने, ‘निषेधित क्षेत्रमा गाडी पार्क गरिएको सुचना आयो । ट्राफिक प्रहरी  आसपास नै रहेछन् । पब्लिकबाट पनि दवाव आयो । प्रहरी गएर ह्विल लक गरेछन् । बुझ्दा दुवै गाडी गहृ मन्त्रालयको रहेको खुल्यो । उक्त गाडीमा को सवार थिए भन्ने विषयमा थप जानकारी भएन ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);