प्रदेश नम्बर २ मा उत्साहपूर्ण रुपमा मनोनयन दर्ता जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

प्रदेश नम्बर २ मा उत्साहपूर्ण रुपमा मनोनयन दर्ता जारी

काठमाडौं, २१ भदौ । निर्वाचन आयोगले प्रदेश नम्बर २ अन्तरगतको सबै स्थानीय तह निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता उत्साहपूर्ण रुपमा भइरहेको जनाएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले १ सय ३६ वटै स्थानीय तहका विभिन्न पदको उम्मेदवार मनोनयन दर्ता कार्य उत्साहपूर्ण रुपमा भईरहेको जानकारी दिए । विहान १० बजेबाट प्रदेश नम्बर २ अन्तरगतको सबै स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयनको काम जारी रहेको उनले बताए ।

उम्मेदवार मनोनयनको काममा कहीँ पनि अवरोध नभएको र शान्तिपूर्ण रुपमा अघि बढिरहेको आयोगका प्रवक्ता ढकालद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आयोगले उम्मेदवार मनोनयनका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको कार्यालयमा भीड लागेको जनाएको छ । अपरान्ह ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ । आगामी असोज २ गते प्रदेश नम्बर दुई अन्तरगतका ८ वटा जिल्लामा स्थानीय निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ढुक्क भएर उम्मेदवार मनोनयन दर्ता गर्न सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुलाई आग्रह गरेको थियो ।