गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन कांग्रेसको माग

बालकृष्ण खाँड

काठमाडौं, ४ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रिय सभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रिय सभाबाट पनि फिर्ता लिन सरकारसँग माग गर्नु भएको हो । बुधबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ कुराकानी गर्दै उहाँले सरकारले सो विधेयक फिर्ता लिएपनि गुठीयारहरुको मागलाई मनैदेखि स्विकार गर्न नसकेको दावी गर्दै सम्बन्धित पक्षलाई सचेत गराउनु भयो ।

सरकारले सडक र सदनको दवाव थेग्न नसकेपछि सो विधेयक फिर्ता लिन बाध्य भए पनि त्यसलाई मनैदेखि स्विकार नगरेको प्रमुख सचेतक खाँडको दावी छ ।

प्रमुख सचेतक खाँडले प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा अर्यालले सो विधेयक फिर्ता लिएको पत्रकार सम्मेलनबाट जानकारी पाएको भनेपछि के सरकारले सो विधेयक गुठीयारहरुको मागलाई सम्बोधन गर्न फिर्ता लिएको हो ? भन्ने आशंका जन्माएको दावी पनि गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);