तातोपानी नाका खुलेकै दिनदेखि बन्द | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

तातोपानी नाका खुलेकै दिनदेखि बन्द

tatopani naka

दोलखा, २८ जेठ । चीनसँग पुरानो नाका तातोपानी भूकम्पपछि बन्द भएर निकै तामझामका साथ २ साताअघि पुनः सञ्चालन भयो । ४९ महिनापछि निकै कसरतपछि सञ्चालनमा आएको दिन चारवटा कन्टेनरलाई रातो कार्पेट ओछ्याएर स्वागत गरियो ।

जेठ १७ गतेबाट सञ्चालन गर्ने सहमति भए तापनि २ दिनअघि नै नाका सञ्चालनमा आयो । गत २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको यो नाका ४९ महिनापछि पुनः सञ्चालनमा आएको हो ।

१२ दिनअघि सञ्चालनमा आएको नाका त्यसपछिका दिनमा अहिले बन्द जस्तै भएको छ । सञ्चालनमा आएको २ साता बित्न लाग्दासमेत ती चारवटा कन्टेनर बाहेक न त चिनियाँ पक्षले अरू गाडीलाई प्रवेश दियो न त चिनियाँ गाडी नेपालतर्फ आए । भूकम्पपछि पुनः सञ्चालनमा आएको नाका अहिले औपचारिकतामा मात्रै सीमित भएको छ ।

चिनियाँ र नेपाली पक्षले सीमानाकामा आवश्यक पूर्वाधार निर्माण गरेपछि दुवै देशका अधिकारीको उपस्थितिमा नाका पुनः सञ्चालनमा ल्याइएको हो । सो क्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, सो क्षेत्रका सांसद अग्नि सापकोटा, शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागिता थियो ।

सो क्रममा चीनबाट ऊन बोकेर आएको चारवटा ट्रकलाई अतिसबाजीसहित रेड कार्पेटमा स्वागत गरेर नेपाल भित्रीइएको थियो । यसैबीच नाका खुलेपछि स्थानीय तथा व्यापारी व्यवसायीहरू खुसी देखिएका छन् । उद्घाटन कार्यक्रम स्थलमा दुवैतर्फका स्थानीयहरू झन्डा बोकेर उपस्थित भएका थिए ।

नाका खुल्ने खबरसँगै नेपाल र चीन दुवैतर्फ व्यापारी तथा व्यवसायीको समेत चहलपहल बढेको छ । वार्षिक २० अर्बको आयात र ३ अर्ब रुपैयाँ बढीको निर्यात हुने सो नाका सञ्चालनमा आएपछि स्थानीय व्यवसायीसमेत उत्साहित भएका छन् । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);