भैरहवाका लागि ३३ केभीको विद्युत् प्रसारणलाइन सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भैरहवाका लागि ३३ केभीको विद्युत् प्रसारणलाइन सञ्चालनमा

bijuli

काठमाडौं, २८ जेठ । औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति सुधारका लागि बनाइएको करिब ३३ किलोमिटर योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएको छ ।

औद्योगिक क्षेत्रको रूपमा तीब्र विकास भइरहेको भैरहवाको विद्युत् आपूर्तिलाई सुधार गर्न निर्माण सुरु भएको प्रसारणलाइन आयोजना सञ्चालनमा आएको हो ।

भैरहवा र त्यहाँ स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज) मा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको ३३(११ केभीको सवस्टेसनको पनि परीक्षण सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । योगीकुटी–धकधई ३३ केभी डबल सर्किट प्रसारणलाइन सञ्चालनमा आएपछि भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार आई वितरण प्रणाली गुणस्तरीय र विश्वसनीय हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

“योगीकुटी सवस्टेसनबाट ४(५ वटा फिडरमार्फत भैरहवा क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको थियो, ३३ केभी फिडर ओभरलोड भोल्टेज समस्या थियो भने मागअनुसार विद्युत् आपूर्ति गर्न सकिएको थिएन,” कार्यकारी निर्देशक घिसिङले भने, “योगीकुटी–धकधई प्रसारणलाइन र धकधई सवस्टेसन सञ्चालनमा आएसँगै समस्या समाधान हुने आशा गरेका छौं ।” उनले ३३ केभी लाइन ओभरलोडका कारणले बढेको प्राविधिक चुहावट घट्ने र नयाँ उद्योगलाई विद्युत् आपूर्ति गर्न सकिने बताए ।

कार्यकारी निर्देशक घिसिङले भैरहवा सेज परिसरभित्र सवस्टेसन नबने पनि तत्कालका लागि धकधई सवस्टेसनबाट ११ केभी लाइनमार्फत् विद्युत् दिन सकिने बताए । आफ्नो परिसरभित्र ३३(११ केभी सवस्टेसन निर्माण गरी भैरहवा सेजले त्यहाँ खुल्ने उद्योगलाई विद्युत् दिने बताइएको छ । सेजभित्र सवस्टेसन निर्माणका लागि टेन्डरको प्रक्रियामा रहेको बताइएको छ । धकधई सवस्टेसनबाट सेजसम्मको करिब ११ किलोमिटर ३३ केभी प्रसारणलाइन पनि निर्माणाधीन छ । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);