बन्न लागेको बाजुरा-मार्तडी चक्रपथ अलपत्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

बन्न लागेको बाजुरा-मार्तडी चक्रपथ अलपत्र

sadak

मदन विक

बाजुरा, २३ जेठ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा बन्न लागेको चक्रपथ अलपत्र बनेको छ । जिल्ला वन डिभिजन कार्यालयदेखि जिल्ला अस्पतालसम्म जाने सडक अलपत्र अवस्थामा परेपछि स्थानीयहरुलाई अस्पतालसम्म जान आउन समस्या भएको हो । असार मसान्तसम्म निमार्ण सम्पन्न गर्नुपर्नेमा ठेकेदारले समयमा काम गर्न नसक्दा सडक अलपत्र परेको छ ।

बाजुरा जिल्लाको सदमुकाम मार्तडीस्थित वन कार्यालयदेखि अस्पतालसम्मको १ सय ७० मिटर सडक निर्माणको काम अलपत्र अवस्थामा छ । वर्षात् नलाग्दै सडकको काम सक्नुपर्ने भएपनि सडकको ठेक्का पाएको किरातेंस्वर कन्ट्रक्सन प्रालिले समय काम नसक्दा स्थानीयहरुलाई आवातजावतमा कठिनाई भएको हो । सडक हिलाम्य हुँदा बजारमा आवतजावत गर्ने विद्यार्थी, वृद्धवृद्धा, अपाङ्ग भएका व्यक्तिले निकै सास्ती भोग्दै आएका छन् ।

२०७५ सालको जेठमा नै सडक निमार्णको ठेक्का पाएको ठेकदार कम्पनीले चैत महिनामा मात्र आएर निमार्ण कार्य सुरु गरेकाले सडक निमार्णमा ढिलाई भएको हो । सडक हिलाम्य हुँदा सबैभन्दा धेरैे अस्पताल जाने विरामीहरुलाई समस्या भएको छ । सडकका कारण एम्वुलेन्स समेत आवतजावतमा समस्या भएको छ ।

यता बडीमालिका नगरपालिकाले भने सडक निर्माणका लागि जिम्मा दिएका निर्माण कम्पनीलाई सडक निर्माण गर्न आग्रह गरेको बताएको छ । नगरपालिकाका प्रमुख पदम बडुवाल भने तोकिएकै समयमा सडक निर्माणको काम सम्पन्न गराउने दाबी गर्दछन्

बडीमालिका नगरपालिकाको ८७ लाख ४७ हजार बजेटमा सडक निर्माणका लागि किरातेंस्वर कन्ट्रक्सन प्रालिलाई जिम्मा दिइएको थियो । सदरमुकाम मार्तडी भित्रको सडकलाई समयमै विस्तार गरि सदरमुकामको मुहार फेरिन आवश्यक रहेको स्थानीयको माग छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);