खनिजको उत्खननलाई संघ र प्रदेश सरकारले प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री शाही | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

खनिजको उत्खननलाई संघ र प्रदेश सरकारले प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री शाही

mukhyamantri shahi

ललितपुर, ६ जेठ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बहुमुल्य धातु तथा खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले प्राथमिकता दिनु पर्ने बताउनु भएको छ ।

सोमबार ललितपुरमा आयोजित नेपाल सुनचाँदी रत्न आभूषण महासंघको छैटौ वार्षिक साधारण सभामा मुख्य मन्त्रि शाहीले खनिजको उत्खननलाई संघ र प्रदेशका सरकारले योजना बनाएर काम गर्नु पर्ने आवश्यकता रहेको बताउनु भएको हो ।

कार्यक्रममा मुख्यमन्त्रि शाहीले नेपालको बैदेशिक ब्यापार घाटा कम गर्दै राष्ट्रिय उत्पादकत्व बढाउन आफ्नै देशको खनिज पदार्थले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल सुनचाँदी रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले सरकारले गरगहना बनाउन प्रयोग हुने सुन चाँदीको आयात गर्न र तयारी गरगहना विदेश निर्यात गर्न स्पष्ट कानुनी ब्यबस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

पछिल्लो केहि वर्ष यता सुन चादीको अवैध कारोबार तथा ओसार पसार बढेको भन्दै सरकारले आयातमा निश्चित कोटा परिमाण तोकेको छ । यो व्यवस्थालाई व्यवसायीहरुले बिरोध गर्दै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);