जिपको ठक्करबाट एकको मृत्यु एक घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २८ २०८३, शुक्रबार

कपिलवस्तु, १९ भदौ । कपिलवस्तुमा जिपले ठक्कर दिँदा सोमबार बिहान एकजनाको मृत्यु भएको छ ।

 

तौलिहवा जितपुर सडकखण्डको थुमुवा नजिक लु१च ४५०१ नंको जिपले नगरपालिका–६ ब्रमेली टोल निवासी ६० वर्षीय यमलाल चुदालीलाई ठक्कर दिँदा कपिलवस्तु उनको ज्यान गएको हो ।

 

गम्भीर घाइते भएका चुदालीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । जिपले साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई बचाउन खोज्दा चुदालीको ज्यान गएको जिल्ला प्रहरी कपिलवस्तुले जानकारी दिएको छ । जिपको ठक्करबाट साइकलमा सवार विद्यार्थी कपिलवस्तु नगरपालिका–६ थुमुवाकी १४ वर्षीया लक्ष्मी यादव घाइते भएकी छिन् ।

 

उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको छ भने ठक्कर दिने जिप प्रहरीकोे नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

Test Post Created

६ घन्टा अघि

Test Post Created

६ घन्टा अघि

Test Post Created

७ घन्टा अघि

15 Knowledge That will Replace your Mental health

१२ घन्टा अघि