चितवनमा एक सय हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण हुने | ईमाउण्टेन समाचार

Our Network

पुष २९ २०८१, सोमबार

चितवनमा एक सय हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण हुने

chitwan macha pokhari

चितवन, १ जेठ । चितवनमा यस वर्ष एक सय हेक्टर क्षेत्रफलमा नयाँ माछा पोखरी निर्माण हुने भएको छ । माछापालनका लागि प्रोत्साहन गर्न भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयको माछा ब्लक र प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण कार्यक्रमबाट एक सय हेक्टर नयाँ माछा पोखरी निर्माण हुन लागेको हो ।

ब्लक कार्यक्रम अन्तर्गत माछापालक कृषकलाई नयाँ पोखरी खन्नका लागि दुई करोड ५४ लाख रुपैयाँ अनुदान दिन लागिएको छ । माछा ब्लक कार्यक्रममा यस वर्ष मन्त्रालयले खैरहनी र राप्ती नगरपालिकालाई थप गरेको छ ।

यसअघि माडीमा मात्र माछाको ब्लक कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ । चितवन जिल्लामा अहिले पाँच सय ३९ हेक्टर जलाशयमा माछापालन भइरहेको छ । त्यसबाट वार्षिक दुई हजार दुई सय मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);