काठमाडौं, १ जेठ । नेपाल बार एशोसिएसनका पूर्व महासचिव सुनील पोखरेलले प्रधानमन्त्री ओलीलाई ३ महिनासम्म जेल सजाय हुन सक्ने बताउनुभएको छ । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’मा बोल्दै पोखरेलले संविधानमा लेखिए अनुसार संसद सदस्य र सदस्य नभएकाहरुले पनि बोल्ने कुरा मर्यादित हुनुपर्छ र यदी मर्यादा उल्लंघन भयो भने सजायको पनि व्यवस्था गरिएको बताउनुभयो । जस अनुसार ३ महिनासम्मको कैद र दश हजार जरिवाना व्योहोर्नु पर्छ र त्यस व्यक्तिले सन्तोषजनक रुपमा माफी मागे त्यस सजायलाई खारेज गर्ने अधिकार संसदसंग रहेको पनि बताउनुभयो । यी र यस्तै विषयमा प्रस्तोता प्रकाश गिरीले सुनील पोखरेलसंग गरेको कुराकानी हेर्नुहोस् :




