राजपा महाधिवेशन फेरि सर्‍याे | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

राजपा महाधिवेशन फेरि सर्‍याे

rajapa

काठमाडौं, ३० चैत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन फेरि सरेको छ। राजापा अध्यक्षमण्डलको बैठकले तयारी नपुगेको भन्दै वैशाख ७ देखि ९ गतेसम्मका लागि पूर्वनिर्धारित महाधिवेशन सार्ने निर्णय गरेको हो।

महाधिवेशनको अर्को मिति तय नगरेको बिहीबार सम्पन्न बैठकले महन्थ ठाकुरको संयोजकत्वमा मूल आयोजक समिति भने गठन गरेको छ। वैशाख ८ गतेका लागि पदाधिकारी बैठक बोलाएको जानकारी अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।