लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न राजपाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८३, शनिबार

लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न राजपाको माग

rajapa

काठमाडौं, २७ चैत । राष्ट्रिय जनता पार्टीले पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको छानविन आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । मंगलबार र बुधबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले लाल आयोगको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो । त्यसैगरी राजपाले संविधान संसोधन, जेलमा रहेका रेशम चौधरी लगायत आन्दोलनकारीको तत्काल रिहाई, आन्दोलनकारी माथिको मुद्दा फिर्ता, जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्न समेत माग गरेको छ ।

त्यसैगरी राजपाले भ्रष्टाचारी, कालोबजारी, मंहगी, बेरोजगारी अन्त्य गर्न , राष्ट्रिय अखण्डता र एकतालाई कमजोर पार्ने काम बन्द गर्न तथा राज्य आतंक र लोकतन्त्र विरोधी गतिविधि बन्द लगायत ९ बुँदे माग समेत अघि सारेको छ । राजपाका महासचिव केशव झाले माग पुरा नभए आन्दोलन गर्ने समेत चेतावनी दिए ।

महासचिव झाका अनुसार अध्यक्ष मण्डलको बैठक विहिबार पनि बस्नेछ । बैठकमा महाधिवेशनका सम्बन्धमा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीका तर्फबाट प्रस्तुत तीन विकल्पका बारेमा छलफल चलिरहेको छ ।

संयोजक भण्डारीले पार्टीको तल्लो तह देखि विधान संसोधन गर्दै महाधिवेशन सम्पन्न गर्नका लागि कम्तिमा ४ महिना महाधिवेशनको समय सार्ने, वडा अधिवेशन र प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन गर्ने तथा एकता वा विशेष महाधिवेशन गर्ने गरि तिन विकल्प अघि सारे छ ।