पैसाको अभावले रित्तो नहोस् कोख | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८३, आइतबार

पैसाको अभावले रित्तो नहोस् कोख

काठमाडौं ।

सन्तान सुखको खोजीमा रहेका दम्पतीका लागि अल्का अस्पतालको विशेष मानवीय पहल
बदलिँदो खानपान, जीवनशैली र वातावरणीय प्रभावका कारण पछिल्लो समय निः सन्तान सम्बन्धी समस्या बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको सन् २०२३ को प्रतिवेदनअनुसार विश्वभरका हरेक ६ जना वयस्कमध्ये १ जना आफ्नो जीवनकालमा कुनै न कुनै रूपमा बाँझोपनको समस्याबाट गुज्रिरहेका छन् । यो तथ्यांकले निःसन्तानको समस्या कुनै एक क्षेत्र वा वर्गमा मात्र सीमित नभई विश्वव्यापी रहेको देखाउँछ । विभिन्न स्वास्थ्य अध्ययनहरूकाअनुसार नेपालमा करिब १३ देखि १५ प्रतिशत विवाहित दम्पतीहरूमा बाँझोपनको समस्या रहेको अनुमान गरिन्छ । यसको अर्थ नेपालका लाखौँ दम्पतीहरू सन्तान सुखको पर्खाइमा छन् । विशेषगरी निम्न र मध्यम आय भएका देशहरूमा उपचारको लागत उच्च हुनु र दक्ष प्रविधिको अभावले निसन्तान समस्यालाई अझ जटिल बनाएको छ । एउटा

दम्पतीका लागि सन्तान सुख संसारकै ठूलो खुशी हो । यही मानवीय संवेदनालाई मध्यनजर गर्दै ललितपुरको जावलाखेलस्थित अल्का आइ भि एफ एण्ड फर्टिलिटी सेन्टरले विशेष सेवामूलक अभियानको घोषणा गरेको छ । अस्पतालका प्रशासन प्रमुख भगवान केसी ले “उपचारको अभावमा कसैको कोख रित्तो नहोस्“ भन्ने उद्देश्यका साथ वैशाख महिनाभर निःसन्तान दम्पतीका लागि विशेष सहुलियत प्याकेज ल्याएको बताउनु भयो । नेपालका विभिन्न अध्ययनले १३ देखि १५ प्रतिशत दम्पती विभिन्न कारणले सन्तान प्राप्त गर्न नसकिरहेको अवस्था देखाएका छन् । उचित परामर्श र आर्थिक अभावमा धेरै दम्पतीले उपचार पाउन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै, अस्पतालले विशेष प्याकेजमार्फत सन्तान प्राप्तिको अवसर सिर्जना गरेको जनाएको छ । विशेष गरी विकट ठाउँमा बसोवास गरिरहेका र विभिन्न कारणले काठमाडौं आउन समस्या भोगिरहेका दम्पतीका लागि अस्पतालले सुरुवाती परामर्श फोनमार्फत लिन सक्ने व्यवस्था गरेको छ । यद्यपि, प्राविधिक रूपमा ल्याब परीक्षण र निरन्तर फलोअपका लागि काठमाडौंमा नै उपस्थित हुनुपर्ने अस्पतालको केसीको छ । अस्पतालले निःसन्तानपनसम्बन्धी समस्या भएका महिला तथा पुरुषहरूलाई ढिलो नगरी समयमै परामर्श लिन र सन्तान प्राप्तिको चाहना पूरा गर्न अग्रसर हुन अनुरोध गरेको छ ।

अस्पतालकाअनुसार यो अभियान अन्तर्गत दम्पतीहरूले प्रारम्भिक जाँचका लागि शुल्क तिर्नुपर्ने छैन । चिकित्सकसँगको परामर्श, टि.भी.एस र वीर्य जाँच जस्ता आधारभुत तर महत्वपूर्ण परीक्षणहरू पूर्ण रूपमा निःशुल्क गरिएको छ । त्यस्तै, सन्तान प्राप्तिको एक विधि आईयूआई उपचार सेवा पनि यो अवधिमा निःशुल्क उपलब्ध हुनेछ । लामो समयदेखि उपचारको पर्खाइमा रहेका तर आर्थिक जोहो गर्न नसक्ने दम्पतिका लागि आइ.भी.एफ प्याकेजमा ५० हजार रुपैयाँसम्मको छुटको व्यवस्था अस्पतालले गरेको छ । त्यसैगरी प्रयोगशाला परीक्षणहरूमा पनि २० प्रतिशत छुट गरिएको छ । विश्व स्वास्थ्य संगठनले  बाँझोपनलाई प्रजनन प्रणालीको एउटा रोगको रूपमा परिभाषित गर्दै यसको उपचारमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिँदै आएको छ ।वैशाख ३१ गतेसम्म चल्ने यो विशेष अभियानको लाभ लिन दम्पतिले अग्रिम नाम दर्ता गर्नुपर्नेछ ।

Leave a Reply