काठमाडौँ, १८ भदौ । कांग्रेसमा प्रदेश २ को उम्मेदवार छनौटको विषयमा विवाद चुलिएको छ। विवादकै कारण कांग्रेसले शनिवार पनि उम्मेदवारको नाम टुंग्याउन सकेन।
शनिवार रातिसम्म बसेको बैठकमा उम्मेदवार छान्ने विषयमा विवाद बढ्दै जाँदा महामन्त्री शाशंक कोईरालासहित पौडेल पक्षीय केन्द्रीय सदस्यहरु बैठक छाडेर निस्केका थिए।
पुर्वमहामन्त्रीसमेत रहेका कांग्रेस केन्द्रिय सदस्य विमलेन्द्र निधिले एकलौटी ढंगले उम्मेदवार छनौट गर्न लागेको भन्दै पौडेल पक्षीय नेताहरु आक्रोशित भएका हुन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।