मेक्सिकोसँगको सीमा क्षेत्रमा नमुना पर्खाल बनाउँदै अमेरिका | ईमाउण्टेन समाचार

Our Network

मंसिर ४ २०८१, मंगलबार

 

न्युयोर्क, १६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा लगाउने भनेको सीमा पर्खाल नमुना बनाउनतिर लागि परेका छन्। यसका लािग राष्ट्रपति ट्रम्पले कंक्रिटको नमूना बनाउन चार कम्पनी पनि चुनिसकेका छन्।

 

सीमा गस्तीका प्रमुख तथा डेपुटी कमिशनर रोनाल्डो भिटीएलोले प्रेस सम्मेलनमा अलाबामा, एरिजोना, टेक्सस र मिसिसिपिका कम्पनीहरुसँग सम्झौता गरिएको बताए ।चार कम्पनीहरु हरेकलाई पाँचलाख डलरसम्म तिरेर तीस फुट लामो कंक्रिटको नमूना सीमा पर्खाल बनाइने भएको छ।

चुनावी प्रचार प्रसारका बेला ट्रम्पले पर्खाल अमेरिकाले बनाउने र पैसा मेक्सिकोलाई तिराउने भनेका थिए। नमूना पर्खाल स्यानडियागो क्यालिफोर्नियामा बनाइने बीबीसीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);